"आफु दुखी भएर पनि हामी अरुलाई खुशी दिन सक्छौ"

PLAY

ब्लग लेख्नु मेरो लागि एउटा सपना थियो । passion भने हुन्छ । जसरी पनि सिकेरै छोड्छु भन्ने आत्मविश्वास थियो । र, छ अनि रहिरहने छ । यही आत्मविश्वासले धेरै नयाँ कुरा लेख्ने गर्छु, नयाँ–नयाँ ढाँचामा । लेखाई हो, लेख्दै गरेपछि सुध्रिन्छ रे । मैले लेखेर नथाक्ने कसम खाएको छु । तर बिना गुरु र बिना रचनात्मक आलोचना कदापि लेखाई सुध्रिदैन रे । म गुरु थाप्छु नि तपाईलाई । तपाई मेरो लेखाईको पथप्रदर्शक बनिदिनु न है । पढेर यसै नछाडि दिनु होला । सक्नु हुन्छ नेपालीमा, नत्र रोमन वा अंग्रजी मै भएपनि केहि पक्कै लेखिदिनु न ल

सम्झनासिल दिन्हरु, कत्ती याद आउछ त्यो दिन्हरुको तर के गर्ने याद्लाई त मनैमा ठाउँ बनाएर राख्नु पर्दो रहिछ |



जिन्दगी यो कहिल्यै नझर्ने एउटा फूल भैदिए हुन्थ्यो !!
सपनामा देखेका ति सबैकुरा,बिपनामा पैदिए हुन्थ्यो !!

कसैले आफ्नो र,पराइ नभनी,सबैको बुझ्ने मनभए हुन्थ्यो !
पबित्र मनले चोखो धड्कनले,सबले मायाँ लैदिए हुन्थ्यो

तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटुछ।
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ।

अतितलाई सम्झेर नरोइ रहनु तिमी जती रोएपनी भुल्नु त पर्दो रहेछ, यो त एउटा भनाइ न हो प्राय मानिस् हरु तेही अतित सम्झेर नै बाचने गर्द्छन ती बिगतका पलहरु कत्ती मिठा थिए, कत्ती रमैला थिए, तर आज ति सबै आँखा अगाडि आउने द्रिस्से मात्रा भएको छ हरेक मान्छेहरुको अलग - अलग सोचाइ हुँदो रहेछ तल राखिएक सम्पूर्ण फोटोहरु घुम्दै जाने क्रम्मा खिचिएको हो प्रतेक फोटोको टपमा लेखिएको छ खिचिएको ठाउँ र नाम

रमुना सँग पहिलो भेट

त्यो चिसो September को अप्राहन्न थियो काठमाडौंबाट बिराटनगरको फ्लाईटमा इटहरी घर जादै थिए म सोच्मग्न हुँदै झ्याल छेउ बसे बादल ले धमिलिएको आकाश तिर निस्फिक्री नाचिरहेको बादल हेरे, सयौ यात्रीहरुको भिडमा यात्रा गरि रहेको भएता पनि त्येहा म बिल्कुलाई एक्लई थिए जस्तो भान भै रहेको थियो जब की उनको र मेरो भेट हुने दिन त्यो पहिलो दिन थियो कुनै मौका पायोकी उनी मलाई फोन गर्थिन र भन्ने गर्थिन सुमित म तिमीलाई लिन बिराटनगर यार्पोर्ट आउछु........उसले तेसो भन्दा म हतासिन्थे मुर्मुरिन्थे तर मलाई उसको यो भनाइ राम्रो लाग्थियो उनको हासो, स्फुर्ती र जीवन प्रतिको उत्साह ............. लाग्थियो यो, मैले खुशीको बिज नै पाए मैले रमुनालाई भेट्दा म २४ बर्षको थिए उनी २० बर्सकी मात्र मेरो जिवन मा रोमान्स का लागी कहिलेइ समय भएन सानो गाउमा जन्मेर हुर्केको मैले सरकारी स्कुल मै प्राय: समय बेतित गरे नौ बर्षको कलिलो उमेर मै बाबाले सदाको लागि छोडेर गए पछि धेरै बर्षहरु मैले रोएर गन्ती गरि-गरी बिताएको छु २० बर्षको को सानो उमेर मै दुबइ जस्तो मरुभुमी मा गएर ३ बर्ष काम गरि नेपाल फर्केको पिडा म जस्तै टुहुरलाई मात्र थाहा छ बिरानो बन्न पुगेको हाम्रो परिवार बस्दै आएको घर बिना कारण नै छोड्नु परेको थियो
यस्तै एक दिन रमुना मेरो जीवन मा सल्बलाइन जुन दिन म अफिसको काम मा बेस्त थिए, दिनको ठीक १२:०० बज्न लागेको थियो मेरो मोबाइल मा फोन आयो त्यो नम्बर नयाँ थियो र उनी पनि नयाँ थिन फोन उठाएर सोदे हेल्लो ! हेल्लोव !! उताबाट पनि सानो आवाज मा हेल्लो भनेको सुने तेस्पछी मैले पुन: सोदे को बोल्नु भएको? उनले तेतिकै कुरा टारिन मैले त बिर्तामोड साथीलाई गरेको थिए यो कहाँ पर्‍यो ? काठमाडौं ! तेसो भए तपाइले खोज्नु भएको मान्छे म होईन भन्न साथ सरी भन्दै फोन काटिन तेसको केही समय पछि मैले फोन लगाए , हेल्लो ! तपाइ को बोल्नु भएको? म रमुना चौहान कहाँ बाट ?भद्रपुर बाट हो अनी तपाइलाई यो नम्बर कसले दियो त ? मैले भगवान सँग मागेकी थिए wow नाइस भगवान सँग माग्दा पाईन्छ र? मैले त पाए तपाइ पनि मागेर हेर्नुस् न यसरी मैले उनलाई भेटाएको थिए र जीवन भरिको लागि पाए
म बिराटनगर पिलेन बाट उर्लिएर बाहिर रोड सम्म आए, त्यो दिन नेपाल बन्द भएको कारण रमुना मलाई लिन आउन सकिनन बस हरु पनि तेती चलेको थिएन बल्लतल्ल एउटा माइक्रो बस को हुड माथी चडेर इटहरी सम्म आए घर मा ब्याग राखेर इटहरी बजार तिर निस्किए म काठमाडौं बाट प्लेन चड्ने बेलामा रमुना ले मलाई फोन गरेर भनेकी थिन म हजुरलाई लिन बिराटनगर आउन नसके पनि भेट्न को लागि इटहरी सम्म आउने छु इटहरी आएर उनको मोबाइल मा फोन लगाए फोन बहिनी ले उठाइन र भनिन दिदी त २ घण्टा अगाडि नै हिड्नु भएको त मैले मन्मनै सोचे आज नेपाल बन्द भएको कारण कतै जाम मा परिन होला अब रूम बन्दोबस्त गरि राख्नु पर्ला भनेर मकालु गेस्ट हाउस मा गएर एउटा रूम २ वटा बेट भएको बुक गरेर बाहिर आउन साथ मोबाइल मा घण्ती बज्यो त्यो फोन उसले नै इटहरी आएर गरेकी रहिछिन , फोन उठाउन साथ उनले भनिन म धरान लाइन को गोर्खा department अगाडि उभी रहेकी छु ल ल म आइ हाले बरु भनन तिमी कुन ड्रेस मा छौ ? पिन्क कलर को कुर्ता सुर्वाल अनी सेतो ब्याग अनी लामो कालो केस फोन काटेर उनी भए तर्फ लागे .... रात को ८:०० बिजी सकेको थियो , म सरासर जादै थिए मैले वारी बाट नै उनलाई देखि हाले उनी एक्लै माया लाग्दी भएर पलाक्पुलुक यता उता हेरी रहेकी थिन म चुप-चाप सँग उनको पछाडि बाट गएर उनको २ ओटै आँखा बन्द गरि दिए तेस्पछी उनले बिस्तारै मेरो हात हटाइन र म पटी फर्किन तेती बेला मात्र बल्ल उनलाई मैले पहिलो पटक निहालेर हेरेको थिए मैले उनको आँखा मा आँखा जुधाए उन्का उपद्रोले बलेको आँखा छड्के हासो, लामो कपाल ........ जस्मा बिनाकारण अनायस मेरो हातहरु लग्न मन लाग्यो ....... मलाई उनको आभास भयो र उनको एकाग्र नजरमा मेरो लाज को लाली छायो उनले अचानक हात अगी बादाउदै भनिन हाइ म रमुना अनी हजुर ? म नमुस्कुराइ रहन सकिन र उनको हात मिलाउदै सानो सोरमा फत्फताए , म सुमित उसको अंकमाल कसिलो र मित्रओत थियो हामी मकालु गेस्ट हाउस तिर लागेउ ...... तेस पछि मेरा दिनहरु रमुना संगै भरिदै गए उनको परिवार मा ५ जना दाजुहरु एक जना आमा र एक जना दिदी हुनुहुन्थियो बाबा चाँही मेरो जस्तै उनी सानो छदा नै बित्नु भएको रहेछ यस्तै दु:ख सुख को कुरा गर्दै घडी हेर्दा बिहानीको ४:३० बिजी सकेको रहेछ उनले हतार-हतार आफ्नी बहिनी लाई फोन गरिन दिदीले बोल्न नपाउदै उन्की सानी बैनी ले भनिन की सुमित दादालाई भेट्न म पनि आउछु क्रमस: .... यसको बाँकी अङ्स छिटै प्रकासित हुँदैछ
माथि उल्लेखित कुराहरु वास्तविक हुन कसैको जीवन सँग मेल खाना गए सङ्योग मात्र हुनेछ

गजलहरु
समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।

आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।

छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।

हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ ।

पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।

म त आएँ तिम्रो सामु

म त आएँ तिम्रो सामु खुसी बोकी आँखाभरि
यस्तै दिन जिन्दगीमा आए हुन्थ्यो सधैंभरि

आँखा खोल्दा अघिल्तिर खुसी यस्तै देख्न पाए
आफू हारी अरुलाई रमाएको हेर्न पाए
जीतभन्दा मिठो हुन्थ्यो सन्तोषले मर्न पाए
लुटाउँथे आफूलाई नराखेर रतिभरि
यस्तो मौका जिन्दगीमा आए हुन्थ्यो फेरिफेरि

अँध्यारोको के कुरा भो अरुलाई घाम लागे
जिन्दगीको अर्थ खुल्छ अरुलाई काम लागे
कहाँ हो र जिउनु म त भन्छु आफुलाई
निदाउन पाए हुन्थ्यो छातीबिच सधैंभरि
फूल टिपी बैगुनीको राखिदिन हातभरि

9 comments:

Unknown said...

bro nice 6 yar tara ke yeuta kura bhane malai chitta bujdo rahe6a ke thaa 6 tyo hamro des ko neta haru nice and cute dekhe ko6 yar hehheheh keep in touch la best of luck ani timro jodi jan kura nai nagaru God judai diye ko jasto 6 nice copple

सुमित said...

thx bro tapailai sadhai khusi rahanu aru ko bhalo chitai rahanu la....

Anonymous said...

tapaiko blog ta ekdam ramro chha hai sumit ji yo blog chahi kasari banaune ho? malai pani sikauna milchha bhane sikai dinuna hau..

sumit said...

dami chha yar

sumit said...

dami chha yar

सुमित said...

tapaiko blog ta katti ramro hau ....ma ta hereko herai bhaye ..

Anonymous said...

Verry nice friend i like it yeti chhittai yesto pragati woow yaar iam really happy anyway keep it up la.

सुमित said...

thikai chha sir

Anonymous said...

hunchha sir