Ideas to keep in mind
- सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
- आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
- आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
- आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
- धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
- जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
- आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् । \अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
- आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
- आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
- आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
- जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
- यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।
आखिर जीवन के हो त ?
जीवनलाई तपाईंले के भनेर परिभाषित गर्नु हुन्छ ? दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ । जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ ।
जीवन चुनौती हो :
Life is a Challenge :
जीवन बियोगान्त हो :
Life is a Tragedy :
जीवन संघर्ष हो :
Life is a Struggle :
जीवन रहस्य हो :
Life is a Mystery :
जीवन वरदान हो :
Life is a Blessing :
जीवन सौन्दर्य हो :
Life is a Beauty :
जीवन नरक हो :
Life is a Hell :
सामना गर
Face it
धैर्य गर
Patience it
स्विकार गर
Accept it
उदघाटन गर
Inaugurate it
आस्वादन गर
Taste it
बयान गर
Describe it
निन्दा गर
Dawn it
जीवन विषाद हो :
Life is a Sorrow :
जीवन यात्रा हो :
Life is a Journey :
जीवन कर्तब्य हो :
Life is a Duty :
जीवन प्रतिज्ञा हो :
Life is a Promise
जीवन संगित हो :
Life is a Music :
जीवन प्रेम हो :
Life is a Love :
जीवन सपना हो :
Life is a Dream :
"गजल"
(१)
चौतारीमा पर्खिरहुला आउदै जाँदै गर्नु प्यारी
बाँचुन्जेल मायापिर्ति लाउदै जाँदै गर्नु प्यारी
एक्लो हुन खोजेभने संहाल्नलाई मलाई तिम्ले
मधुर त्यो भाका हाली गाँउदै जाँदै गर्नु प्यारी
वाढी आई दिलभित्र बगाएछ भने खुसी
भत्कीएको मनको छानो छाँउदै जाँदै गर्नु प्यारी
रुखो चट्टान रसाईसक्यो खनीसके दिलको बारी
माया रोप्न मनको मेलो साउदै जाँदै गर्नु प्यारी
(२)
जोड्न खोज्थे मुटहरु तिमी आफै फुटीदियौ
संगै यात्रा गरु भन्थे तिमी आफै छुटीदियौ
एकतर्फि माया हुन्न दुबैतिर हुनुपर्छ
पाउनखोजे तिम्रो माया तिमी आफै टुटीगयौ
सोझो मनले यो तन दिँए मैले तिमीलाई
मायागर्ने नाटक गर्दै मेरो मन लुटीदियौ
दुबै मिली जीन्दगीको जङ्घार तरु भन्थे मत
आखिरीमा पहाड बनी तिमी आफै उठिदियौ