जागिर खाने आईडिया
तपाईं हामी बेरोजगार भएमा के गर्छौ ? निराश भएर बस्छौ, तास खेलेर टाईम पास गर्छौ अथवा अली अली भएको पैसा पनि रक्सी खाएर सक्छौ ? तर एक जना बेलाएती नागरिकले आफु बेरोजगार भए पछि रोजगारको लागि कस्तो आईडिया लगाएका छन त ?
अहिले विश्वका धेरै देशहरुले आर्थिक संकट झेलिरहेको बेला एकजना बेलायती नागरीकले जागिर नपाए पछि जागिर खाने नया आईडिया निकालेका छन। Maidstone, Kent का ३० वर्षिय Andy Palmer ले eBay मा आफुलाई लिलामीमा राखेर जागिर खाने प्रयास गरेका छन। यिनिले कानुन सम्मत भएका जुन सुकै काम पनी आफु गर्न तयार भएको भन्दै यस्तो घोषणा गरेका हुन। आफुलाई एकदमै मेहनती र केही सिक्न चाहाने मानिसको रुपमा चित्रित गर्दै उनले आफ्नो न्युनतम पारिश्रमिक £1,000 तोकेका छन जुन पाए बापत उनले एक महिना काम गर्ने छन। आफुले १ महिना काम गरे बापत पाएको सबै रकम भने उनले नलिईकन रकमको २५ प्रतिशत च्यारीटी लाई दिने छन। उनले अन्त्यमा भनेका छन, "यसो गरे बापत तपाई र तपाईको व्यावसायले पाउने प्रचार प्रसारको बारेमा पनी सोच्नु होला"।
कस्तो लाग्यो त उनको यो आईडिया ? उनी बाट सिकेर अब हामीले पनि केही गर्ने कि ?
विश्वको सबै भन्दा मोटो बच्चा
![]() |
सात बर्षिया Jessica Gaude उनिको धेरै साथीहरु भन्दा भिन्नै छिन । किनकी उनको वजन २२२ किलोग्राम छ । उनी दुनियाँकै सब भन्दा मोटी बच्चा हुन । उनी एक दिनमा १०००० क्यालोरी जसमा कोकाकोला , १५ ह्याम्बर्गर , केही किलोग्राम आलु र चकलेटहरु खान्छिन । उनी एक दिनमा जती खान्छिन त्यती अरु बच्चाहरुले आधा बर्षमा ... । उनी नाश्तामा मात्र white bread , आलुको चिप्स र २ लिटर कोक खान्छिन र त्यतीले पनि उनिलाई चित्त बुझ्दैन र अरु माग्छिन । चार बर्ष पहिले उनी डाक्टरकोमा जादा उनी ११० किलोग्रामकी थिईन तर दुर्भाग्य अहिले यस्तो छैन , उनी अहिले हिंड्न डुल्न सक्दिनन मात्र भुईमा घिस्रेर यताउता गर्न सक्छिन । उनको शरीरको हड्डी धेरै बजन थाम्न नसकेर पहिले नै बिक्रित भई सकेको छ ।
आमा Carolyn Jessicaले जे माग्छिन त्यो दिन्छिन , जेसिका जन्मेको १ हप्तामा जब बच्चा पेट दुखाएर रोइन आमा Carolyn ले यो सोचिन कि शायद उनिलाई भोक लाग्यो त्यसैले रोएकी । " मैले त्यती खेर उनिलाई एक बोटल दुध दिए र त्यती खेर नै उनिले अझ अरु अझ अरु मागी , उनको भोकको अन्त नै भएन " आमा Carolyn भन्छिन । डाक्टरहरुले पहिले नै चेतावनी दिई सकेको छ कि यदी उपचार गरिएन भने बच्चाको स्वास्थ्य अझै खराब हुनेछ र उनको ज्यानको पनि खतरा हुन सक्छ । तर Jessica कि आमा के औषधी ख्वाउने भन्ने बारे सोच्न सकिरहेकी छैनन र उनको बच्चा भने अझै मिठाई खान र त्यो जारी नै राख्न चाहन्छिन ।
प्रबिधीको सही सदुपयोग
अष्ट्रियाका एक कम्प्युटर व्यवसायीले आफ्नो महङ्गो ल्यापटप चोरी भएपछि चोर पक्राउ गर्न नयाँ तरिका फेला पारे । त्यो तरिका उनले प्रयोग मात्र गरेनन् कि सफल समेत भयो । एनानोभा एजेन्सीका अनुसार अष्ट्रियाका ४५ वर्षीय थोमस कारेर पसलमा नभएको मौका पारेर दुइ टीन एजर ठिटाहरुले १ हजार पाउण्ड रकम पर्ने ल्यापटप पसलबाट चोरेर टाप कसे । सौभाग्य कस्तो भने, उनले पसलमा सीसीटीभी चाहिँ राखेका थिए । जसले ती टीन एजर केटाहरुले चोरेको भिडियो रेकर्ड गरेर राखेको रहेछ ।
उनले त्यो भिडियोलाई इन्टरनेटको युट्यूबडटकममा पोष्ट गरिदिए । त्यो भिडियो हेर्ने युट्यूबका दर्शकहरुले ती दुइ केटालाई चिनेर कम्प्युटर पसले थोमस कारेरलाई खबर गरे । अनि थोमसले प्रहरीलाई खबर गरेर ती ठिटालाई पक्राउ गरे ।युट्यूबमा राखिएको भिडियोमा एउटा ठिटो बाहिर मान्छे आउँछन् कि भनेर हेर्ने र अर्को चाहिँ ल्यापटपलाई बोकेर ज्याकेट भित्र घुसाउँदै गरेको दृश्य राखिएको थियो । प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।
चुम्बन गरेर किर्तिमान
गएको शनिबार भ्यालेन्टाईन डे को दिन पारेर मेक्सिकोमा करिब ४०,००० जनाले एकै साथ चुम्बन गरेर किर्तिमान कायम गरेका छन। उक्त कार्यक्रममा ३९,८९७ जना सहभागी थिए। Guinness World Records का प्रतिनिधी Carlos Martinez ले यो कुराको पुष्टी गरेका थिए।
"यो कार्यक्रम मानिसहरुको सम्बन्धको बारेमा रहिआएको धारण परिवर्तन गर्न आयोजना गरिएको हो, अझै विषेश गरी जोडीहरुको लागी" मेक्सिकोको पर्यटन विभागले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ। लगभग १ लाख मानिसहरु अटने त्यस ठाँउमा सबैजना एक अर्काको अँगालोमा बाँधिएर १० सेकेन्ड सम्म चुम्बन गरेका थिए। मानिसहरु जम्मा नभएका कारण यो कार्यक्रम केही ढिला भए पनी सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरु खुसी देखिएका थिए ।
ढुङ्गा मुनीको शहर
हेर्दा आङै सिरीङग हुने यो दृष्य ग्रीसको एक शहरको हो। ग्रीसको बिच भागमा एउटा चर्चित सानो शहर रहेको छ। यो अरु देशका शहरहरु भन्दा एकदमै भिन्न किसिमको छ किनकी यो शहर पुरै ढुङगा मुनी रहेको छ। ग्रीसको पर्यटकिय शहरको रुपमा रहेको यो शहर हो Kalambaka, जुन Trikala county मा पर्दछ। यस शहर लाई Meteora Rock ले उत्तरी र पूर्वी भाग बाट पुरै घेरेको छ।
विश्व सम्पदा सुचीमा राखिएको यस शहरमा जेम्स बोन्ड सिरीजका केही चलचित्रको सुटिङ पनी यहाँ गरीएको थियो। निकै अचम्म लाग्ने गरी यहाका घरहरु बनेका छन। यसो हेर्दा लाग्छ कुनै बेला त्यो ढुङङा पल्टिन्छ र ति घरहरुलाई थिच्छ।
अत्यन्तै सफा र राम्रो चिटिक्क परेको त्यस शहरको बिच भाग बाट एक मात्र बाटो गएको छ। यसका साथै त्यहाँका धेरै जसो होटल र घरहरु पनी त्यही ढुङङाको तल र त्यही बाटोको छेउ छाउमा छन। अझ त्यहाँ घुम्न जाने पर्यटकहरुका लागी त्यहाँको "Church of the Assumption of the Virgin" सबैभन्दा आकर्षणको केन्द्र बन्ने गरेको छ।
कती सानो कार?
तपाईले कति सानो साइजको कार देखनु भएको छ? एक पटक यो कार हेर्नुस त? हेर्दै खेलौना जस्तो लाग्ने यो कार खेलौना भने होईन। एउटा मोटो मानिस समेत नअटला जस्तो लाग्ने यो कारको लम्बाई मात्र 134cm छ भने चौडाई 99cm छ । जम्मा ५९ किलो तौल भएको यो कारमा मुस्किलले एउटा मात्र मानिस अटन सक्छ।
एउटा मानिस बस्न मिल्ने र एउटा सपिङ ब्याग अटने हिसाबले बनाईएको यो कारको देब्रे पट्टी एउटा ढोका रहेको छ भने हेडलाईट पनी एउटा मात्रै छ। केही दिन अघी Ripley's Believe It Or Not! Museum मा प्रदर्शनमा राखिएको यो तिन पाङग्रे कार हो।









