"आफु दुखी भएर पनि हामी अरुलाई खुशी दिन सक्छौ"

PLAY

ब्लग लेख्नु मेरो लागि एउटा सपना थियो । passion भने हुन्छ । जसरी पनि सिकेरै छोड्छु भन्ने आत्मविश्वास थियो । र, छ अनि रहिरहने छ । यही आत्मविश्वासले धेरै नयाँ कुरा लेख्ने गर्छु, नयाँ–नयाँ ढाँचामा । लेखाई हो, लेख्दै गरेपछि सुध्रिन्छ रे । मैले लेखेर नथाक्ने कसम खाएको छु । तर बिना गुरु र बिना रचनात्मक आलोचना कदापि लेखाई सुध्रिदैन रे । म गुरु थाप्छु नि तपाईलाई । तपाई मेरो लेखाईको पथप्रदर्शक बनिदिनु न है । पढेर यसै नछाडि दिनु होला । सक्नु हुन्छ नेपालीमा, नत्र रोमन वा अंग्रजी मै भएपनि केहि पक्कै लेखिदिनु न ल

के तपाईँको कम्प्युटरमा Nepali Spell Checker छ ?

नेपाली भाषाको हिज्जे वा ह्रस्व दीर्घको शुद्धाशुद्धि गर्ने काम सजिलो छैन । कम्प्युटरमा काम गर्ने र त्यसमाथी पनि नेपाली युनिकोडमा लेख्ने हामीहरू मध्ये धेरैले, अंग्रेजीमा जस्तै नेपाली भाषामा लेखिएका कुराहरूको पनि कम्प्युटर आफैँले शुद्धाशुद्धि गरी दिए कत्ति सजिलो हुन्थ्यो भनेर सोचेका वा खोजेका हुनसक्छौं ।


प्राय: माइक्रोसफ्टका अपरेटिङ् सिस्टम र माइक्रोसफ्टकै अफिस चलाएर पनि हामीहरू मध्ये धेरैलाई सायद यो कुराको जानकारी छैन होला कि माइक्रोसफ्टकै अफिसमा पनि नेपाली भाषाको ह्रस्व दीर्घको शुद्धाशुद्धि गर्ने अनुप्रयोग जडान गर्न र चलाउन सकिन्छ ।



हुन त माइक्रोसफ्ट अफिसका सिडी वा डिभिडीसँगै यो सुरुमै ‘बन्डल’ भएर नआउने भएकोले पनि यस्तो भएको हुनसक्छ । अनि माइक्रोसफ्टले शुद्धाशुद्धि जाँच गर्ने छुट्टै सफ्टवेयर नभै Nepali LIP (Language Interface Pack) मा मात्रै यसलाई समावेश गरेकोले पनि कम्प्युटर क्षेत्रमै कार्यरत रहेका मेरा धेरै ‘कम्प्युटर भेटरान’ साथीहरूलाई समेत यस बारे थाहा नभएको पाएँ ।


अत: आजको यो पोस्टमा नेपाली भाषाको शुद्धाशुद्धि हेर्ने अनुप्रयोगलाई कम्प्युटरमा कसरी जडान गर्ने भन्ने बारेमा सामान्य चर्चा गर्दै छु ।


यो अनुप्रयोगलाई कम्प्युटरमा कसरी जडान गर्ने भन्दा पहिला यस सम्बन्धी केही कुराहरू:


•हालको लागि यो अफिसका २००३ र २००७ मा मात्रै चल्छ ।

•यसले युनिकोडमा लेखिएका नेपाली शब्दको मात्रै शुद्धाशुद्धि गर्छ । कान्तिपुर वा प्रीती जस्ता नन-युनिकोड फन्टमा टाइप गर्दा यसले काम गर्दैन ।

•यो विण्डोज एक्सपि (कम्तीमा पनि सर्भीस प्याक २ भएको) वा त्यसभन्दा पछिका अपरेटिङ सिस्टममा मात्रै चल्छ ।

•यो अफिसका अनधिकृत वा पाइरेटेड कपिमा नचल्न पनि सक्छ ।

•हालको अवस्थामा यो आफैँमा पूर्ण छैन र त्यसमा केही कमी कमजोरीहरू छन् नै ।

मैले माथि लेखे जस्तै यो नितान्त शुद्धाशुद्धि मात्रै जाँच गर्ने सफ्टवेयर हैन र यसको सहायताबाट अफिसको स्वरूप वा Interface लाई नै नेपालीकरण पनि गर्न सकिन्छ । वास्तवमा यसको प्रयोगबाट अफिसको पुरै सेटिङलाई नेपाली भाषामा रूपान्तरण गर्नको लागि बनाइएको हो, तलका चित्रहरू हेर्नुहोस् (चित्रहरुलाई ठूलो गरेर हेर्न त्यसैमा क्लिक गर्नुहोला, चित्र आफैं अर्को पेजमा खुल्नेछ)।यो अफिस २००३ को:


र यो अफिस २००७ को:

अब लागौं यसलाई आफ्नो कम्प्युटरमा स्थापना गर्न तर्फ:


सबैभन्दा पहिला, यदि तपाईँ माइक्रोसफ्ट अफिस २००३ चलाउँदै हुनुहुन्छ भने यो पेजमा जानुहोस् र पृष्ठको अन्ततिर भएको “LIP.EXE” डाउनलोड गर्नुहोस् ।


यदि तपाईँ अफिस २००७ चलाउनुहुन्छ भने यो पृष्ठमा गएर पृष्ठको अन्ततिर भएको “LanguageInterfacePack.exe” डाउनलोड गर्नुहोस् ।


अब आफ्नो कम्प्युटरमा रहेको अफिसको भर्सनका आधारमा तीनलाई कम्प्युटरमा स्थापना गर्नुहोस् । स्थापना पश्चात यदि तपाई अफिस २००७ चलाउनुहुन्छ र पुरै अफिसलाई नै नेपालीकरण गर्न चाहनुहुन्छ भने अफिस २००७ मा:


वर्ड खोल्नुहोस, “Home” सँगै रहेको “Office Button” दबाउनुहोस र Word Options>> Popular>> Personalize your copy of Microsoft Office>>Language Settings... हुँदै Display Language मा जानुहोस् ।अब Display Microsoft Office menus and dialog boxes in: भन्ने ड्रप डाउन मेनुमा क्लिक गरेर English लाई नेपाली बनाउनुहोस् । “OK” मा क्लिक गरेर वर्ड बन्द गरी पुनः खोल्नुहोस् । तपाईको वर्ड अब पुरै नेपाली हुनेछ ।



यस्तै गरी यदि तपाईँ अफिस २००३ चलाउनुहुन्छ भने Start>>All Programs>>Microsoft Office>>Microsoft Office Tools>>Microsoft Office 2003 Language Settings मा जानुहोस् र User Interface and Help भन्दा मुनि DIsplay Office 2003 in: मा English लाई “नेपाली” बनाएर "OK" मा क्लिक गर्नुहोस् । (खुला रहेको अफिसका सबै एप्लिकेशन बन्द गरेर पुनः: खोलेपछि मात्रै यो Interface परिवर्तन हुन्छ)


तर, यदि अफिसलाई नेपालीकरण नगरी केवल हिज्जे वा Nepali Spell checker को सुविधा मात्रै लीन चाहनुहुन्छ भने त्यसको लागि User Interface परिवर्तन गर्नु जरुरी छैन ।


कम्प्युटरमा नेपाली भाषाको ह्रस्व दीर्घ वा Nepali spelling checker को मद्दतबाट नेपाली भाषामा टाइप गरिएका शब्दहरूको जाँच र त्रुटि भएका शब्दमा सम्भाव्य सही शब्दको सुझाव मात्रै लीन चाहनुहुन्छ भने अफिसका सेटिङमा “Check spelling as you type” मात्रै चयन गर्दा पुग्छ (जुन प्राय: डिफल्ट सेटिङमै चयन भएको हुन्छ)


अनलाइन एप्लिकेशनको प्रयोग:


यदि तपाईँ, आफ्नो कम्प्युटरमा कुनैपनि नयाँ संसाधन वा अनुप्रयोग जडान नगरी सिधैं अनलाइन एप्लिकेशन प्रयोग गरेर नेपाली भाषाको हिज्जे जाँच गर्न वा Spelling check गर्न चाहनुहुन्छ भने तपाईँ अनलाइन एप्लिकेशनको प्रयोग पनि गर्नसक्नुहुन्छ ।



साधारण अनलाइन शब्दकोषमा जस्तो एक‍-एक शब्द नभै पुरै अनुच्छेद वा पाठको शुद्धाशुद्धि एकै पटक कपि पेस्ट गरेर जाँच्न मिल्ने अनलाइन एप्लिकेशन यहाँ छ। यो पेजमा गएर ठूलो खाली भागमा आफूले लेख्नु भएको पुरै अनुच्छेद वा पाठ पेस्ट गर्नुहोस र त्यसको तल भएको "Spell check" दबाउनुस । अब नेपाली बृहत् शब्दकोषको डाटासंग तपाईको लीखत जाँचिन्छ र त्रुटिहरुको सम्भाव्य सुझाव तपाईको स्क्रिनमा देखिन थाल्नेछन् । यहाँ तपाई सामन्य वर्डमा जस्तै कुनै सुझावलाई लागु गर्न, बेवास्ता गर्न वा “सबैलाई बेवास्ता गर्न” पनि सक्नुहुन्छ । अफलाइन एप्लिकेशन भन्दा केही कम गतिको भए पनि विण्डोज वा अफिसका पुराना अवतार प्रयोग गर्ने सबैको लागि यो उपयोगी छ ।



Happy Computing !!!