"आफु दुखी भएर पनि हामी अरुलाई खुशी दिन सक्छौ"

PLAY

ब्लग लेख्नु मेरो लागि एउटा सपना थियो । passion भने हुन्छ । जसरी पनि सिकेरै छोड्छु भन्ने आत्मविश्वास थियो । र, छ अनि रहिरहने छ । यही आत्मविश्वासले धेरै नयाँ कुरा लेख्ने गर्छु, नयाँ–नयाँ ढाँचामा । लेखाई हो, लेख्दै गरेपछि सुध्रिन्छ रे । मैले लेखेर नथाक्ने कसम खाएको छु । तर बिना गुरु र बिना रचनात्मक आलोचना कदापि लेखाई सुध्रिदैन रे । म गुरु थाप्छु नि तपाईलाई । तपाई मेरो लेखाईको पथप्रदर्शक बनिदिनु न है । पढेर यसै नछाडि दिनु होला । सक्नु हुन्छ नेपालीमा, नत्र रोमन वा अंग्रजी मै भएपनि केहि पक्कै लेखिदिनु न ल

नेपाली गितहरु Download गर्नुस् (१८)

स्वरुपराज आचार्यका केही चर्चित गीतहरु

*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

परदेश, परिवार र पैसा :


परेदेशको दु:खले भनेको समयमा काट्न नसकेको कपाल कन्याउदै स्वदेश, आफन्ती र परिवारको सम्झना गर्दा प्रायश: मुटुमा साह्रो धक्का दिदो रहेछ । नयाँ पत्रिकामा हिजो " चैते, छिटो घर 'आ " शिर्शकको लेख पढ्दा मुटु भकास्सिएर आयो । त्यो लेखको पुरा भाग पढि नसकी बिचमै आशु पुछ्दै माउसलाई अन्यत्रै चलाऊन वाध्य भए, म ।
साहुको १५ हजार रुपैया ऋण तिर्न बोकेको भारिका नाम्लाका पाताले कपाल सबै झरेको ब्यथा पोख्दैथिए, चैते आमासँग फोनमा । स्कुलमा काम गरेर चलाएको जिबिका, बासी ढिडोले झाडापखाला लागेर बहिनी मरेकी घटना, गत महिना रामे साहुले घर पनि कब्जा गरेको आशुको बेलिबिस्तार र सेउलाले बारेर गुजारा चलाएको आमाको बियोग, बिरानो ठाउबाट फोन मार्फत छोरा चैतेलाई बताएकि दर्दनाक कथा । आफ्नै देशको तितो यथार्थ पढ्दा साह्रै नमिठो लाग्नु स्वाभाबिकै थियो । यहाँ यो वास्तविकता उल्लेख गर्नु सान्दर्भिक यस अर्थमा लाग्यो कि, आखिर चैते बाबुको मृत्‍युको ब्यथा र ऋणको बोझले १४ बर्षको उमेरमा परदेशको चिसो छिडिमा रात गुजारि-गुजारी दु:ख गर्दा पनि आय-आस्थाले नपुग्नु दैबको कत्तिको न्याय हो ? चैते भाई देशको मात्र एउटा उदाहरण हो, ऊ त एउटा पात्र मात्र हो । लाखौ चैते जस्ता भाईहरु आज मुलुक छोडि परदेशिनु पर्ने कटु बाध्यता र परदेशको अथाह दु:खका जन्जिरहरुले पोलेका मनहरु छन, हामीसित । परदेश भासिएका कयौ मध्यको एक पात्रको नाताले यहाँ केही कोर्ने दुस्साहस गरेको मात्र हुँ ।

म र मेरो जन्म दिन


दुरी सबै मेटाइ आज
तिम्रो निश्चल नयनमा
एकै छिन अटाउन चाहन्थें
तड्पी काट्छु बाँकी दिन त
कमसेकम मेरो जन्म दिन
तिमीसँग बिताउन चाहन्थें
अफशोस तिमी कहाँ, म कहाँ
फगत आवाजहरुमा तिम्रो साथ छ
केवल शब्दहरुमा तिम्रो आत्मियता छ,
कति सुन्दर हुने थियो जिन्दगी
जब मेरो खुशीमा हाँसीदिने मुस्कान
मेरो सामु छाइदिने थियो त
कति सार्थक हुने थियो जिन्दगी
जब मेरा यी निरीह हातहरुमा
तिम्रो हातेमालो हुने थियो त,
म कता-कता हराइरहन्छु
तिमीलाई भेट्ने अटुट आशामा
म एक्लै-एक्लै कल्पिरहन्छु
त्यो दिनको सुमधुर प्रतिक्षामा
मनभरी एउटा विश्वास बोकेर
त्यो दिन आउनेछ
एक दिन अवश्य आउनेछ
जब यो नीरस जन्म दिनमा
अनौठो उन्माद छाउनेछ
जिन्दगीले जिउनुको
साँचो अर्थ पाउनेछ ।

उ - मेरो कलम


मान्दैन उ अचेल किन एकै पाइलो सर्न पनि
कागजमा अक्षरका बुट्टा सुन्दर भर्न पनि !!

मनका कुरा पोखिदिन नचाहेको होइन होला
तर किन चाहँदैन चाहेको काम गर्न पनि !!

कति सोध्छु चुप हुन्छ मौन बर्तै लिए जस्तो
मान्दैन उ अचेल किन मेरो सामु पर्न पनि !!

उपाय क्यै कसैलाई थाहा भए बताइदिनु
उस्कालागि तयार छु म त जे नै गर्न पनि !!
म त जे नै गर्न पनि !!

सफलताका रहस्यहरु (स्वेट मार्डेन)


सफलताका रहस्यहरु (स्वेट मार्डेन)

जे चाहिन्छ त्यो कसरी पाउने ?

एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन ... तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् ... के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।
यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।

Free Online Audio and Video Converter

फ्रीमा उपलब्ध यस्ता केही अन्लाईन कन्भर्टरहरु

अन्लाईन कन्भर्टर बाट कुनै पनि ठाउँ बाट जहिलेसुकै समयमा पनि सजिलै फाइलहरु आफुले चाहेको फरम्याटमा कन्भर्ट गर्न सकिन्छ । अन्लाईनमा पाइने धेरैजसो कन्भर्टरहरु बाट अडियो र भिडियो मात्र नभई document हरु पनि जस्तै PDF, Microsoft document, image आदी पनि कन्भर्ट गर्न सकिन्छ । यस्ता अन्लाईनमा उपलब्ध कन्भर्टर बाट के फाईदा लिन सकिन्छ भने तपाईंले कम्प्युटरमा ति कन्भर्टरहरु install गरी राख्नु पर्दैन र जुन सुकै Operating System (जस्तै: Linux,Mac OS X वा Windows) मा पनि सजिलै चलाऊन सकिन्छ र अर्को फाईदाको कुरा यस्ता अन्लाईन कन्भर्टर फ्रीमा उपलब्ध छन र tools चलाऊन पनि एकदमै सजिला छन । तपाईंलाई जरुरी पर्छ मात्र एउटा कम्प्युटर, ईन्टरनेट connection र browser । तर एउटा मुख्य कुरा तपाईंको ब्राउजरमा latest Flash Player भने install भएको हुनु पर्छ ।

१) Mediaconverter.org


Mediaconverter एउटा simple र सजिलै प्रयोग गर्न सकिने अन्लाईन कन्भर्टर हो तर unfortunately यो अन्लाईन कन्भर्टरले अडियो र भिडियो फाइलहरु मात्र support गर्छ । यो कन्भर्टरले support गर्ने भिडियो फाइलहरुमा 3G2, 3GP, ASF, AVI, FLV, M4V, MKV, MOV, Mp4, Mpeg, RM, WMV र अडियो फाइलहरुमा Mp3, Wav, Wma and Ogg आदी । यो अन्लाईन कन्भर्टर चलाऊन तपाईंको ब्राउजरमा latest version को flash player installed भएको हुनु पर्नेछ ।
यो साईटमा जार्नुहोला www.mediaconverter.org


२) Youconvertit.com


Youconvertit ले धेरै फाइल फरम्याटहरु support गर्छ जस्तै : document, images, audio, video and archives. यो अन्लाईन कन्भर्टर प्रयोग गर्न निकै सजिलो छ , तपाईंले त्यस्को लागि ३ स्टेप पार गर्नु पर्नेछ । step हरुमा आफ्नो ईमेल address enter गर्नुहोस् , कन्भर्ट गर्नु पर्ने फाइल upload गर्नुहोस् र output फाइल फरम्याट छान्नुहोस् र Convert it बटन प्रेस गर्नुहोस् । कन्भर्ट भएको फाइल तपाईंले enter गर्नु भएको ईमेलमा sent गरिने छ ।
यो साईटमा जार्नुहोला http://www.youconvertit.com/


3. Online.movavi.com


यो अन्लाईन कन्भर्टरले पनि अडियो र भिडियो फाइलहरु support गर्छ र यो पनि चलाऊन एकदम सजिलो छ । यसमा पनि तपाईंले आफ्नो ईमेल address ईनपुट गर्नु पर्नेछ र कन्भर्ट भएको फाइल तपाईंको ईमेलमा sent गरिनेछ । यसमा एउटा option के छ भने तपाईंले धेरै भिडियो फाइल हरुलाई एउटै फाइलमा merge गर्न पनि सक्नु हुन्छ । यो साईटमा जार्नुहोला www.online.movavi.com

4. Zamzar.com

यो अन्लाईन कन्भर्टर youconvertit.com जस्तै नै हो । यसले पनि धेरै फाइल टाईपहरु support गर्छ । यदि तपाईं खोजीरहनु भएको छ audio converter, video converter, PDF converter, mp3 converter र अरु free कन्भर्टरहरु भने तपाईं यो सर्भिस प्रयोग गर्न सक्नुहुन्छ । यो साईटमा जार्नुहोला www.zamzar.com