"आफु दुखी भएर पनि हामी अरुलाई खुशी दिन सक्छौ"

PLAY

ब्लग लेख्नु मेरो लागि एउटा सपना थियो । passion भने हुन्छ । जसरी पनि सिकेरै छोड्छु भन्ने आत्मविश्वास थियो । र, छ अनि रहिरहने छ । यही आत्मविश्वासले धेरै नयाँ कुरा लेख्ने गर्छु, नयाँ–नयाँ ढाँचामा । लेखाई हो, लेख्दै गरेपछि सुध्रिन्छ रे । मैले लेखेर नथाक्ने कसम खाएको छु । तर बिना गुरु र बिना रचनात्मक आलोचना कदापि लेखाई सुध्रिदैन रे । म गुरु थाप्छु नि तपाईलाई । तपाई मेरो लेखाईको पथप्रदर्शक बनिदिनु न है । पढेर यसै नछाडि दिनु होला । सक्नु हुन्छ नेपालीमा, नत्र रोमन वा अंग्रजी मै भएपनि केहि पक्कै लेखिदिनु न ल

मलाई जीन्दगीको उकालो काट्न मन छ


मलाई जीन्दगीको उकालो काट्न मन छ
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
पिर मर्का अनी खुशी बाड्न मन छ ।
भुटेको मकैसंगै टन्न मोही खोज्ने यो मन
फापरको रोटी र नुन खुर्सानी खाने मन्न छ
फर्केर अतीत केलाउँदा
एक पटक फेरि बाल्य काल सम्झन मन छ

सानो छँदा, त्यो सल्लोको रूखमा
खोपेर आफ्नो नाम लेखेको,

भन्ज्याङ अनी दोवाटोमा
हाते साङ्लो बनाउँदै संगीहरूसंग
मूलको पानी पातमा थापेर पिउन मन छ ।

गुराँसे डाँडाको गुराँस चुम्न खोज्ने मेरो मन
एँसेलु र चुत्रो टिपी खाने मेरो मन
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
मलाई जीन्दगीको उकालो काट्न मन छ
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
पिर मर्का अनी खुशी बाड्न मन छ
मलाई जीन्दगीको उकालो काट्न मन छ ।

No comments: