"आफु दुखी भएर पनि हामी अरुलाई खुशी दिन सक्छौ"
ब्लग लेख्नु मेरो लागि एउटा सपना थियो । passion भने हुन्छ । जसरी पनि सिकेरै छोड्छु भन्ने आत्मविश्वास थियो । र, छ अनि रहिरहने छ । यही आत्मविश्वासले धेरै नयाँ कुरा लेख्ने गर्छु, नयाँ–नयाँ ढाँचामा । लेखाई हो, लेख्दै गरेपछि सुध्रिन्छ रे । मैले लेखेर नथाक्ने कसम खाएको छु । तर बिना गुरु र बिना रचनात्मक आलोचना कदापि लेखाई सुध्रिदैन रे । म गुरु थाप्छु नि तपाईलाई । तपाई मेरो लेखाईको पथप्रदर्शक बनिदिनु न है । पढेर यसै नछाडि दिनु होला । सक्नु हुन्छ नेपालीमा, नत्र रोमन वा अंग्रजी मै भएपनि केहि पक्कै लेखिदिनु न ल
Nepal Map
Justin Bieber Songs Collection
His debut single, "One Time", was released worldwide during 2009, and charted within the top 30 in over ten countries. It was followed by his debut release, My World, on November 17, 2009, which was certified platinum in the United States, making him the first artist to have seven songs from a debut album chart on the Billboard Hot 100. His first full studio release, My World 2.0, was released on March 23, 2010 and has since received similar success; it debuted at number one and within the top ten of several countries and was certified platinum in the United States. It was preceded by the worldwide top-ten single, "Baby," in January 2010.
( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा एक चोटी क्लिक गर्नुहोस तेसपछि Download मा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
DOWNLOAD
Somebody to Love
U Smile
One Less Lonely Girl
Runaway Love
First Dance
Favorite Girl
सत्य/स्वरूप राज आचार्यको "Muzic" Album का गीतहरु

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा एक चोटी क्लिक गर्नुहोस तेसपछि Download मा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
कहिले सम्म किन्दा रैछौ
बाधिएर रित्तो
म ढले म ढले बेहोशीमा ढले
मिठो यादले सताइरहन्छ
सम्हाल्छु म आफुलाई
सोल्टिनी सोल्टिनी
टाढा धेरै टाढा
तिम्रो नशालु आँखाले
"ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला"
अन्जु पन्तका केही गीतहरु
अधेरी जस्तै जुन बिनाको
बैशको बेला शिरिषको फुल
बनमा फुल्यो फूलै फूल
चाहिदैन तिम्रो माया
गोली सिसाको
हरियो चुरा हात भरी
कहाँ थियौ तिमी रँगमन्च उठेपछि आयौ
मलाई धेरै धेरै माया गर्ने
म प्यार बेचि दिन्छु
मर्नु न बाच्नु भयो
म तिमी बिना मरी हाल्छु
माया गरी तिमीले मलाई सानी भन्दा
मायाले भन्दिराखन
मेरो मनको ढुकढुकिमा
मुसु मुसु हासीदेउ सानी
नचिनेको एउटा मान्छे
फूल जस्तै पवित्र
सताउछ तिम्रो यादले
तिम्रो माया सागरको पानी जस्तै लाग्छ
जिन्दगी यो
"ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला"
लाक्पा शेर्पाका केही आधुनिक गीतहरु
( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा एक चोटी क्लिक गर्नुहोस तेसपछि Download मा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )Jhasker Dukhchha ( झस्केर दुख्छ )
Timilai Eklai Chhodi Aaye ( तिमीलाई एक्लै छोडि आए )
Aashu Piyi Khushi Diye ( आशु पिई खुशी दिए )
Bachna Pani Sarai Raichha ( बाँच्न पनि साह्रै रैछ )
Namari Banche Daiba Le Sache ( नमरी बाँचे दैबले साँचे )
"ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला"
नेपाली Video's
(झस्केर दुख्छ)
मैले बा आमा त्यागेर रोजेको
शब्द, संगीत, स्वर र भिडियो सबै मुटु छूने छ ...
तर गीतले निरास बनाउछ ... यसको नराम्रो पक्ष त्यै हो..
जीवन यो आखिर संघर्ष नै हो
मिति :- २०६७/०७/२१
मुटु माया प्रेममा परेपछि मान्छेहरु अन्धो झै हुन्छ भन्थे हो जस्तो लाग्दैछ किनकी .....
To fix lost password in Windows XP
यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ ।
१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।
३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ ।
उपहार

झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ ।
समयलाई दोष दिन्न भाग्य मेरै खोटी रहेछ
कुहिइएको सिनो सम्झी नाक थुनी हिडे हुन्छ ।
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ
सगै दुइटा मुटु थिए एउटा फुटि सक्यो ।
तिमै नाममा मरिसके लाश खोज्न हिँडे हुन्छ
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ ।
दुःख पिडा आँशुका ती दिन सबै विताईसके
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ
सपना सम्झी विष दिनु माया प्रेमको हाम्रो कथा ।
जलि रहेछ मेरो चिता आगो ताप्न आए हुन्छ
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ ।
हिराको हार र मर्सिडिज सकिन है दिन
मेरो मृत्यस तिम्रो लागि उपहार ठाने हुन्छ ।
मलाई जीन्दगीको उकालो काट्न मन छ

आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
पिर मर्का अनी खुशी बाड्न मन छ ।
भुटेको मकैसंगै टन्न मोही खोज्ने यो मन
फापरको रोटी र नुन खुर्सानी खाने मन्न छ
फर्केर अतीत केलाउँदा
एक पटक फेरि बाल्य काल सम्झन मन छ
सानो छँदा, त्यो सल्लोको रूखमा
खोपेर आफ्नो नाम लेखेको,
भन्ज्याङ अनी दोवाटोमा
हाते साङ्लो बनाउँदै संगीहरूसंग
मूलको पानी पातमा थापेर पिउन मन छ ।
गुराँसे डाँडाको गुराँस चुम्न खोज्ने मेरो मन
एँसेलु र चुत्रो टिपी खाने मेरो मन
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
मलाई जीन्दगीको उकालो काट्न मन छ
आफ्नै नेपालीहरु सँग बस्दै खेल्दै
पिर मर्का अनी खुशी बाड्न मन छ
मलाई जीन्दगीको उकालो काट्न मन छ ।
आमाको सपना
“हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि
बढ्ता छोइने भएर आउँछ ।”
हो र आमा ?
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
तयो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ !”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउन आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।”
* * *
“तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !”
म तिमीलाई फेरि भेट्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहाछैन
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहाछैन
सायद तिम्रो कल्पनाको झिल्का बनेर
तिम्रो क्यानभासमा उत्रिनेछु
वा सायद तिम्रो क्यानभासमाथि
एउटा रहस्यमयी रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
वा सायद सूर्यको किरण बनेर
तिम्रो रङ्गमा घोलिनेछु
वा रङ्गको अँगालोमा बसेर
तिम्रो क्यानभासमा उत्रिनेछु
थाहाछैन कहाँ-कसरी ?
तर तिमीलाई पक्कै भेट्नेछु
वा सायद एउटा झर्ना बनेको हुनेछु
र जसरी झर्नाको पानी उड्दछ
म पानीको थोपा
तिम्रो शरीरमा मिसिनेछु
र एउटा चिस्याहट जस्तै बनेर
तिम्रो छातीमा टाँसिनेछु ?
म अरु केही जान्दिन
तर यति चैँ पक्का जान्दछु
समयले जेसुकै गर्नेछ
यो जन्म त मेरै साथ चल्नेछ?
यो शरीर रहँदा
सबै कुरा समाप्त हुनेछन्
तर चेतनाको धागो
ब्रम्हाण्डीय कणबाट बनेको हुन्छ
म तिनै कणहरूलाई रोज्नेछु
धागोलाई बेर्नेछु
र फेरि भेट्नेछु तिमीलाई ?
कम्प्युटरको किबोर्ड सरी(गजल)
कम्प्युटरको किबोर्ड सरी किन थिच्छौ घरी घरी
स्वाभिमानी नेपाली भै किन बिक्छौ घरी घरी
नेपाल बनोस शान्तिक्षेत्र युद्ध गर्ने मैदान हैन
बिद्रोहको पाठ मात्रै किन सिक्छौ घरी घरी
लाज छैन शरम छैन देश नै सिध्याउँदा पनी
डकार पनि आउँछ होला किन घिच्छौ घरी घरी
नेपाल आमा हसाँउन सिक थोरै भएपनी
मुटु भित्र काँडा बनि किन बिझ्छौ घरी घरी
देश बनाउन अघि सरे कोहि असल मानवलाई
रुख माथि चढाएर फेद गिड्छौ किन घरी घरी
न त आफु केहि गर्छौ जनता अनि देशको लािग
नेपाल सक्ने नियत लिई किन हिड्छौ घरी घरी ॥
How to Download YouTube Songs
I want to do this! What's This? ..
YouTube is the online networking sensation that connects millions of people from all over the world by sharing videos. The range of videos are vast, which makes the genres plenty to choose from: comedy, reviews, video blogs, and the ever popular songs. Bands and amateur musicians upload their songs to YouTube everyday, but they do not always have a link available to download. If you ever wanted to get your favorite music off YouTube, all you need is a little patience. You will get it.
.Difficulty: Easy
Instructions.1
Go to the YouTube video which has the song you want to download. Then highlight and copy the web address of the video, which can be accomplished either by copying what is listed in the "URL" box of the video's info, or go to your address bar to do it.
2
Navigate to "http://vixy.net" to access an online converter Website. Make sure not to put "www.vixy.net" on your address bar because that will direct you to an incorrect domain.
3
Paste the YouTube URL into the "URL" box on the Vixy Website. Make sure that the URL code is listed correctly as shown in the example on the page. You will get an error if the URL code is incorrect, and you will not be able to download your YouTube song.
4
Click on the "Converts To" drop-down menu and select either "MP3 (Audio Only)", "MP4 for IPod/PSP," or "3GP for Mobile" to convert your YouTube song. You may also opt to convert the song along with the video that accompanied it by selecting either "AVI for Windows" or "MOV for Mac."
5
Press "Start" to begin your conversion. A progress bar will show you how much percent it has converted, as well as the size of the original YouTube video. Once the bar has reached 100 percent, a window will open prompting you to save the file. Click "Save" to begin downloading your YouTube song.
.
Read more: How to Download YouTube Songs eHow.com http://www.ehow.com/how_5019881_download-youtube-songs.html#ixzz0zNZp3Uru
मेरा सपनाहरु
आफ्नै मुटु चस्किरहने बेदनाको सुल भयो
तिमीलाई माया गरे खै कस्तो भुल भयो
मिल्काउदै छ्यौ मेरो माया बगरको ढुङ्गा जस्तो
भेट्यौ कि त माया कतै सुबास दिने फुल जस्तो
कस्तो मन रैछ तिम्रो काँचुली झै फेरिरहने
बनाउने भयौ यो आँखालाई फोटोमात्रै हेरिरहने ....
तिमीलाई मन दिए खै ! कस्तो भुल भयो
पराइको माया तिम्लाई सुबाश छर्ने फुल भयो
तिमीलाई माया गर्ने कस्तो मेरो भुल भयो ।
तिमी बिनाको जिबन भन्दा पिउनै जाती जहर बरु
त्यागी दिन्छु बाँच्छु भन्ने मेरा सबै रहर हरु ......
देख्यौ भने सपनिमा नडराउनु है ! अँधेरिमा
जुन बनी उदाइदिन्छु सधैं तिम्रो माझेरिमा
कसैलाई माया गरे कुन्नी कस्तो भुल भयो
आफ्नै मुटु चस्किरहने बेदनाको सुल भयो
तिमीलाई माया गरे खै कस्तो भुल भयो
यात्री
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सोन्दर खम्बा,
मांस पिण्डका दिवार ।
मस्तिस्कको यो सुनको छाना,
इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदिश्वरको राज !
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजि हिंडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय उगाऊ,
बत्ती बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा,
ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरीरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर
चराहूरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीं दिंदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको,
छहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।
नेपाली गितहरु Download गर्नुस् (१८)
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )
परदेश, परिवार र पैसा :

साहुको १५ हजार रुपैया ऋण तिर्न बोकेको भारिका नाम्लाका पाताले कपाल सबै झरेको ब्यथा पोख्दैथिए, चैते आमासँग फोनमा । स्कुलमा काम गरेर चलाएको जिबिका, बासी ढिडोले झाडापखाला लागेर बहिनी मरेकी घटना, गत महिना रामे साहुले घर पनि कब्जा गरेको आशुको बेलिबिस्तार र सेउलाले बारेर गुजारा चलाएको आमाको बियोग, बिरानो ठाउबाट फोन मार्फत छोरा चैतेलाई बताएकि दर्दनाक कथा । आफ्नै देशको तितो यथार्थ पढ्दा साह्रै नमिठो लाग्नु स्वाभाबिकै थियो । यहाँ यो वास्तविकता उल्लेख गर्नु सान्दर्भिक यस अर्थमा लाग्यो कि, आखिर चैते बाबुको मृत्युको ब्यथा र ऋणको बोझले १४ बर्षको उमेरमा परदेशको चिसो छिडिमा रात गुजारि-गुजारी दु:ख गर्दा पनि आय-आस्थाले नपुग्नु दैबको कत्तिको न्याय हो ? चैते भाई देशको मात्र एउटा उदाहरण हो, ऊ त एउटा पात्र मात्र हो । लाखौ चैते जस्ता भाईहरु आज मुलुक छोडि परदेशिनु पर्ने कटु बाध्यता र परदेशको अथाह दु:खका जन्जिरहरुले पोलेका मनहरु छन, हामीसित । परदेश भासिएका कयौ मध्यको एक पात्रको नाताले यहाँ केही कोर्ने दुस्साहस गरेको मात्र हुँ ।
म र मेरो जन्म दिन

तिम्रो निश्चल नयनमा
एकै छिन अटाउन चाहन्थें
तड्पी काट्छु बाँकी दिन त
कमसेकम मेरो जन्म दिन
तिमीसँग बिताउन चाहन्थें
अफशोस तिमी कहाँ, म कहाँ
फगत आवाजहरुमा तिम्रो साथ छ
केवल शब्दहरुमा तिम्रो आत्मियता छ,
कति सुन्दर हुने थियो जिन्दगी
जब मेरो खुशीमा हाँसीदिने मुस्कान
मेरो सामु छाइदिने थियो त
कति सार्थक हुने थियो जिन्दगी
जब मेरा यी निरीह हातहरुमा
तिम्रो हातेमालो हुने थियो त,
म कता-कता हराइरहन्छु
तिमीलाई भेट्ने अटुट आशामा
म एक्लै-एक्लै कल्पिरहन्छु
त्यो दिनको सुमधुर प्रतिक्षामा
मनभरी एउटा विश्वास बोकेर
त्यो दिन आउनेछ
एक दिन अवश्य आउनेछ
जब यो नीरस जन्म दिनमा
अनौठो उन्माद छाउनेछ
जिन्दगीले जिउनुको
साँचो अर्थ पाउनेछ ।
उ - मेरो कलम

मान्दैन उ अचेल किन एकै पाइलो सर्न पनि
कागजमा अक्षरका बुट्टा सुन्दर भर्न पनि !!
मनका कुरा पोखिदिन नचाहेको होइन होला
तर किन चाहँदैन चाहेको काम गर्न पनि !!
कति सोध्छु चुप हुन्छ मौन बर्तै लिए जस्तो
मान्दैन उ अचेल किन मेरो सामु पर्न पनि !!
उपाय क्यै कसैलाई थाहा भए बताइदिनु
उस्कालागि तयार छु म त जे नै गर्न पनि !!
म त जे नै गर्न पनि !!
सफलताका रहस्यहरु (स्वेट मार्डेन)

सफलताका रहस्यहरु (स्वेट मार्डेन)
जे चाहिन्छ त्यो कसरी पाउने ?
एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन ... तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् ... के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।
यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।
Free Online Audio and Video Converter
१) Mediaconverter.org
Mediaconverter एउटा simple र सजिलै प्रयोग गर्न सकिने अन्लाईन कन्भर्टर हो तर unfortunately यो अन्लाईन कन्भर्टरले अडियो र भिडियो फाइलहरु मात्र support गर्छ । यो कन्भर्टरले support गर्ने भिडियो फाइलहरुमा 3G2, 3GP, ASF, AVI, FLV, M4V, MKV, MOV, Mp4, Mpeg, RM, WMV र अडियो फाइलहरुमा Mp3, Wav, Wma and Ogg आदी । यो अन्लाईन कन्भर्टर चलाऊन तपाईंको ब्राउजरमा latest version को flash player installed भएको हुनु पर्नेछ ।
यो साईटमा जार्नुहोला www.mediaconverter.org
Youconvertit ले धेरै फाइल फरम्याटहरु support गर्छ जस्तै : document, images, audio, video and archives. यो अन्लाईन कन्भर्टर प्रयोग गर्न निकै सजिलो छ , तपाईंले त्यस्को लागि ३ स्टेप पार गर्नु पर्नेछ । step हरुमा आफ्नो ईमेल address enter गर्नुहोस् , कन्भर्ट गर्नु पर्ने फाइल upload गर्नुहोस् र output फाइल फरम्याट छान्नुहोस् र Convert it बटन प्रेस गर्नुहोस् । कन्भर्ट भएको फाइल तपाईंले enter गर्नु भएको ईमेलमा sent गरिने छ ।
यो साईटमा जार्नुहोला http://www.youconvertit.com/
3. Online.movavi.com
यो अन्लाईन कन्भर्टरले पनि अडियो र भिडियो फाइलहरु support गर्छ र यो पनि चलाऊन एकदम सजिलो छ । यसमा पनि तपाईंले आफ्नो ईमेल address ईनपुट गर्नु पर्नेछ र कन्भर्ट भएको फाइल तपाईंको ईमेलमा sent गरिनेछ । यसमा एउटा option के छ भने तपाईंले धेरै भिडियो फाइल हरुलाई एउटै फाइलमा merge गर्न पनि सक्नु हुन्छ । यो साईटमा जार्नुहोला www.online.movavi.com
4. Zamzar.com
यो अन्लाईन कन्भर्टर youconvertit.com जस्तै नै हो । यसले पनि धेरै फाइल टाईपहरु support गर्छ । यदि तपाईं खोजीरहनु भएको छ audio converter, video converter, PDF converter, mp3 converter र अरु free कन्भर्टरहरु भने तपाईं यो सर्भिस प्रयोग गर्न सक्नुहुन्छ । यो साईटमा जार्नुहोला www.zamzar.com
तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् ।चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । " X " को प्रयोग छोराको लागि र " O " को प्रयोग छोरीको लागि गरिएको छ ।
बिहे अगाडि केटा केटीको गफ!! माथि बाट तल पड्दै जानुस् !!
केटा: साचै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए।
केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा: होइन!! त्यस्तो तिमी नसोच.
केटी: के तिमी मलाई साचै मन पराउछौ?
केटा: अफ्कोर्स !! सधैं भरी.
केटी: के तिमी मलाई ढाट्दै छौ ?
केटा: नो!! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ?
केटी: के तिमी मलाई किस गर्छौ ?
केटा: सधैं भरी ।
केटी: तिमी मलाई पिट्छौ कि ?
केटा: के तिमी पागल त भएनउ ?
केटी: के म तिमीलाई विश्वाश गरौँ ?
केटा: Yes
केटी: Darling
बिहे भईसक्यो अब तल बाट माथि पढ्दै जानुस् !!
नारायणहिटी दरबार

Duplicate File Finder ( Confusion हटाउनुहोस् र Disc स्पेस बढाउनुहोस् )
तपाईंलाई केही idea छ ? तपाईंको कम्प्युटरमा कती जती फाइलहरु Duplicate होला ? कती फाइलहरु तपाईंले नजानिकन अथवा बिर्सिएर २/३ ठाउमा save गर्नु भएको होला । परिणाम तपाईंको कम्प्युटरको धेरै space यस्तै unnecessary Duplicate फाइलहरुले खाइराखेको हुन्छ । कतीजती फाइल होला अनुमान लगाउनुहोस् त ? ...megabytes अथवा gigabytes सम्म पनि हुन सक्छन । अब तपाईंले कसरी पत्ता लगाउने कि कुन कुन फाइल कहाँ कहाँ Duplicate भएर बसेका छन भनेर ? हामीले एक एक फोल्डर केलाएर हेर्नु सम्भब नै छैन र यदि केलाउन नै बसियो भने पनि दिनभरी लाग्न सक्छ ।
यस्तै समस्या समाधानको लागि Auslogics Duplicate File Finder साहायक सिद्द हुन सक्छ । यो पावरफुल र फ्री utility तपाईंको यो समस्या १००% समाधान त गर्छ नै , यस्को मद्घतले तपाईं आफ्नो कम्प्युटरको फ्री space ५०% सम्म increase गर्न सफल हुनु हुनेछ ।
Top 50 Sites in Nepal
वेबसाईटहरु सम्बन्धी गतिबिधी हेर्ने साईट Alexa.com को पछिल्लो तथ्याँक अनुसार नेपालमा सबैभन्दा धेरै खोलिने (हेरिने) Top 50 वेबसाईटहरुको लिस्ट यसप्रकार रहेका छन । यो लिस्टमा नेपाल बाट नै सन्चालित केही वेबसाईटहरु बाहेक worldwide रुपमा प्रचलित वेबसाईटहरु परेका छन । तपाईंहरु पनि एकचोटी check गर्ने कि ?
1. http://www.facebook.com/
A social utility that connects people, to keep up with friends, upload photos, share links and videos.
2. http://www.google.com/
Enables users to search the Web, Usenet, and images. Features include PageRank, caching and translation of results, and an option to find similar pages. The company's focus is developing search technology.
सम्झनासिल दिन्हरु, कत्ती याद आउछ त्यो दिन्हरुको तर के गर्ने याद्लाई त मनैमा ठाउँ बनाएर राख्नु पर्दो रहिछ |
सपनामा देखेका ति सबैकुरा,बिपनामा पैदिए हुन्थ्यो !!
कसैले आफ्नो र,पराइ नभनी,सबैको बुझ्ने मनभए हुन्थ्यो !
पबित्र मनले चोखो धड्कनले,सबले मायाँ लैदिए हुन्थ्यो
तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटुछ।
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ।
